ट्रक अनियन्त्रित भएर दाेकनभित्र  पस्द युवतीको मृत्यु









जलपाईगुड़ी: एशियन हाईवेमा ट्रक अनियन्त्रित भएर दाेकनभित्र पसेपछि एकजना युवतीको मृत्यु भएको छ। घटना शुक्रवार भोर बिहान मयानागुड़ी भोटपट्टी गोदाम मोड़मा घटेको हो। मृतक युवतीको नाम पंचमी सरकार (२००) हो। स घटनामा तीनवटा दाेकानहरू क्षतिग्रस्त भएका छन्।

स्थानीय सूत्र अनुसार ट्रक चेंगराबान्धादेखि मयनागुड़ी तर्फ आइरहेको थियो। अचानक अनियन्त्रित भएर सड़क किनारमा रहेको दाेकानभित्र पस्यो। त्यसबेला पंचमी दाेकानभित्र आफ्नो भाइसित पढ़िरहेकी थिई। घटनापछि दिदी-भाइ नै दाेकानको अवशेषभित्र पुरिए। दुर्घटनाको तीव्र आवाज सुनेर वरिपरीका मानिसहरू घटनास्थलमा पुगे अनि बचाउ कार्य शुरू गरे।

सूचना पाएर मयनागुड़ी थानाको पुलिस घटनास्थलमा पुग्यो। अर्थमूवरको माध्यमबाट ट्रकलाई हटाएर युवतीको शवलाई बाहिर निकालियो भने युवतीका भाइ आलोक सरकार सुरक्षित थिए। पुलिसले ट्रक चालकलाई हिरासतमा लिएको छ साथै ट्रकलाई पनि जफत गरेको छ। मयनागुड़ी थानाको पुलिसले घटनाको जाँच गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement