सरकारी बसबाट ३५ किलाे गाँजा उद्धार

1000579021.jpg

फाँसीदेवा: विधाननगर जाँच केन्द्रको पुलिसले फाँसीदेवाको विधाननगर राष्ट्रिय राजमार्गमा एउटा सरकारी बसबाट ३५ किलो गाँजा उद्धार गरेको छ। प्राप्त जानकारी अनुसार विधाननगर जाँच केन्द्रको पुलिसले गोप्य सूचनाको आधारमा आज फाँसीदेवा ब्लकको विधाननगर इलाकामा छापामारी अभियान चलाएर एउटा सरकारी बसलाई रोकेर छानबीन गर्दा ३४ किलो गाँजा उद्धार गरेको बताइएको छ। तथापि, घटनामा कसैलाई पनि पक्राउ गरिएको छैन। पुलिस सूत्रले दिएको जानकारी अनुसार उद्धार गरेको गाँजाको अनुमानित बजार मूल्य लाखौँ रुपियाँ तोकेको छ। उक्त गाँजा कुचबिहारको दिनहाटाबाट मालदामा तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो। बस चालक र कन्डक्टरलाई खोधखोज गरेपछि छोडिदिएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement