करोडौँ रुपियाँको ब्राउन शुगर सहित एकजना पक्राउ

Screenshot_20240322_195513_Chrome.jpg

नक्सलबाड़ी: नक्सलबाड़ीबाट अधिक मात्रामा ब्राउन शुगर सहित १ जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिको नाम मतलू शेख बताइएको छ। तिनी मालदा जिल्लाको कालियाचक निवासी हुन्।

पुलिस सूत्र अनुसार शुक्रवार अपरान्ह एक गोप्य सूचनाको आधारमा एसटीएफ र नक्सलबाड़ी पुलिसले नक्सलबाड़ीको सतभैया क्षेत्रको एशियन हाईवे-२ मा अभियान चलाएर मतलू शेखलाई समात्यो। तलासी लिँदा उसको कब्जाबाट एक किलोग्राम ब्राउन शुगर भेटियो। त्यसपछि आरोपीलाई पुलिसले पक्राउ गरियो।

जाँचबुझमा आरोपीले स्वीकार गऱ्यो, आरोपी युवक उक्त ब्राउन शुगर बेच्ने उद्देश्यले नै कालियाचकदेखि नक्सलबाड़ी आएको थियो। नक्सलबाड़ी थानाको पुलिस अग्रिम कारबाहीमा जुटेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement