फाँसीदेवा: फाँसीदेवाको घोषपुकुर आउटपोस्ट पुलिसले ५० लाख रुपियाँको ब्राउन शुगर सहित रहमान शेख (१८) नामकाे एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेको आरोपी मालदा निवासी हुन्।
घोषपुकुर आउटपोस्ट पुलिसले गोप्य सूचनाको आधारमा फाँसीदेवा ब्लकको घोषपुकुरमा अभियान चलाएर 500 ग्राम ब्राउन सुगर सहित एकजना युवकलाई पक्राउ गरेको बताइएको छ। घोषपुकुर आउटपोस्ट पुलिसले दिएको जानकारी अनुसार एउटा ब्यागबाट ५०० ग्राम ब्राउन शुगर उद्धार गरेको छ, जसको अनुमानितबजार मूल्य लगभग ५० लाख तोकेको छ। उक्त ब्राउन शुगर तस्करी गर्ने उद्देश्यले मालदाबाट सिलगढी ल्याइरहेको थियो। पक्रा परेका युवकलाई भोलि शनिबार सिलगढी महकुमा अदालतमा पेश गरिनेछ।