सोनादा डिग्री कलेजका प्राध्यापक प्रमोद छेत्रीलाई विद्यावारिधि 

IMG-20240322-WA0286.jpg

सोनादा: सोनादा डिग्री कलेजका इतिहास विभागका विभागीय प्रमुख प्राध्यापक प्रमोद छेत्रीले विश्व भारती शान्तिनिकेतनबाट विद्यावारिधि (पीएचडी) पूरा गरेर कलेजको नामलाई सुनाम गरेका छन्। राङभाङ बस्ती, सुकिया पोखरी निवासी पिता नरबहादुर छेत्री र माता पूर्णमाया छेत्रीका सुपुत्र प्रमोद छेत्रीले राङभाङ बुनियादी पाठशालाबाट प्राथमिक  शिक्षा शुरु गरी राङभाङ हाई स्कूलबाट माध्यमिक परीक्षा र दार्जीलिङको रामकृष्ण शिक्षा परिषदबाट  उच्चतर माध्यमिक परीक्षा उत्तीर्ण गरी दार्जीलिङ सरकारी महाविद्यालयबाट इतिहास विषयमा सम्मान अनि उत्तर बङ्ग विश्वविद्यालयबाट एमए, एमफीलसम्मको शिक्षा पूरा गरी सन् २००३ देखि २००८ सम्म मालदा कलेजको इतिहास विभागको स्नातकोतर तहमा प्राध्यापन गरी सन् २००८ देखि सोनादा डिग्री कलेजमा इतिहास विभागमा नियुक्ति भएका थिए। दार्जीलिङ पार्वत्य क्षेत्रको राजनैतिक अर्थव्यवस्थाको संरचना  (सन् १८३५- १९४७): एक महत्वपूर्ण अध्ययन शीर्षकमा विश्व भारती शान्तिनिकेतनबाट प्रोफेसर सन्दीप बासु सर्वाधिकारीको शोध निर्देशनमा  प्राध्यापक प्रमोद छेत्रीले सन् २०१७ देखि आफ्नो पीएचडी स्तरको शोध शुरु गरेका थिए। प्रा छेत्रीले यसरी पीएचडी स्तरको शोध पूरा गरेकोमा खुशी व्यक्त गर्दै कलेजको इतिहास विभागका प्रा.इलोरा शर्मा, प्रा.सुवास देवान र सम्पूर्ण विद्यार्थीहरूले एक कार्यक्रम गरी उनलाई शिर शोभा, पुष्प गुच्छा एवम् माल्यार्पण गरी हार्दिक बधाई टक्राएका थिए। डा. प्रमोद छेत्रीको यो सफलता कलेजकै लागि ठूलो उपलव्धि रहेको कुरो जनाउँदै शिक्षक प्रभारी डा रागिनी थापा अनि सम्पूर्ण शिक्षण – अशिक्षणकर्मीहरूले उनलाई हार्दिक बधाई दिएका छन्। आफ्नो सफलतामा आफ्ना शोध निर्देशक, माता- पिता, दाज्यु – दिदीहरु, परिवार र आफ्ना अग्रज र अनुजहरू सबैको विशेष सहयोग रहेको कुरो व्यक्त गर्दै डा. प्रमोद छेत्रीले सबैप्रति आभार प्रकट गरेका छन् भनी सोनादा डिग्री कलेजका प्रा मेघनाथ छेत्रीले जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement