पत्रकारिता विकासको लागि दार्जीलिङमा दुई दिवसीय एडभोकेसी जर्नलिज्ममाथि कार्यशाला सम्पन्न

IMG-20240322-WA0277.jpg

दार्जीलिङ: युनिसेफ पश्चिम बंगाल र कोलकोता प्रेस क्लबको आयोजनमा दार्जीलिङमा दुई दिवसीय एडभोकेसी जर्नलिज्ममाथि कार्यशाला सम्पन्न भएको छ। उक्त दुई दिवसीय कार्यशालामा पत्रकारहरूलाई मिडिया एडभोकेसी जर्नलिज्म र जर्नलिज्म विकासमाथि कार्यशाला गराएका थिए। यस कार्यक्रमको प्रोजेक्ट डायरेक्टर डा. उमा शकंर पाण्डेले सञ्चालन गरेका थिए भने उनले नै वर्तमान समयमा पत्रकारितामा चाहिने तक्निकी विषय जस्तै च्याट जीपीटी र क्यानभा विषयमा जानकारीसहित ट्रेनिङ गराएका थिए।

कोलकोता प्रेस क्लबको सभापति डा. स्नेहाशिष सुर, ईण्जियन इन्स्टीट्युट अफ् मास कम्युनिकेशनको निर्देशक डा मृणाल च्याटर्जीले जर्नलिज्मको विकास र एडभोकेसी जर्नलिज्ममाथि कार्यशाला गराएका थिए। त्यसरी नै कोलकोताका वरिष्ठ पत्रकार अमल सरकारले कार्यशालामा पत्रकारितामा स्टोरी खोज्नु साथै पत्रकारितामार्फत् समस्या देखाउनु साथै जनताको लागि समाधानको मार्ग निकाल्ने प्रयास गरिनु पर्ने विषयमा चर्चा परिचर्चा गर्दै कार्शाशाला गराएका थिए। यस दुई दिवसीय कार्यशालाको अन्त्यमा सहभागीहरूलाई प्रमाण पत्रसहित उपहार प्रदान गरिएको छ।

त्यसरी नै सबै पत्रकारहरूको पक्षमा युनिसेफको अधिकारीहरू, कोलकोता प्रेस क्लबको अधिकारीहरू र स्रोत व्यक्तिहरूलाई ढाकाको खदा र ढाकाको टोपी लगाएर सम्मान जनाइएको थियो। यस सम्मान कार्यक्रमलाई पत्रकार कयेस अन्सारी र हनोक थापाले सञ्चालन गरेका थिए। यस अवसरमा दार्जीलिङको वरिष्ठ पत्रकार सञ्जय विश्वास, खरसाङका वरिष्ठ पत्रकार सञ्जय प्रधान, कालेबुङका वरिष्ठ पत्रकारद्वय अरूण राई र रूद्र कार्की आदिको बाहुलीबाट स्रोत व्यक्तिहरूलाई खदार्पणसहित ढाकाको टोपी पहिराएर सम्मान जनाइयो। यसको साथै सबै पत्रकारहरूका पक्षमा वरिष्ठ पत्रकार सञ्जय प्रधानले कार्यशालाको लागि धन्यवाद ज्ञापन गरेका थिए।

यस कार्यशालामा दार्जिलिङ, कालेबुङ, खरसाङ, बिजनबारी, सोनादा आदि क्षेत्रबाट पत्रकारहरू उपस्थित रहेका थिए। यस दुई दिवसीय कार्यशाला विषयमा पत्रकारहरूसित कुराकानी गर्दै युनिसेफ पश्चिम बंगालको कम्युनिकेशन स्पेशलिस्ट सुचोरिता वर्ध्दनले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement