तिमी-तार्कु: श्रावण महिनाको पवित्र तेस्रो सोमवार मन्दिरमा जलार्पण गर्न आउने श्रद्धालुहरूको निम्ति यो भण्डारा आयोजित गरिएको थियो। उक्त आयोजना तिमी नाम्फिङ समष्टिको तार्कु तनक पञ्चायत एकाई अन्तर्गत अप्पर तार्कु, दुई माइलको सामाजिक संस्था स्वर्णज्योति परिवारले १ अगस्तको दिन तार्कु श्री काली मन्दिरमा श्रद्धालुहरूको निम्ति प्रसाद भण्डारा वितरण गऱ्यो।
स्वर्णज्योति परिवारका सभापति बीबी पन्तको अगुवाईमा संस्थाका सदस्यहरूले श्रद्धालुहरूलाई प्रसादस भण्डारा आयोजन गर्नसाथै मन्दिरको सर-सफाई पनि गरे। काली मन्दिरका मुख्य पुजारी पण्डित वेदप्रकाश अधिकारीले संस्थाको यस कार्यको प्रशंसा गर्दै सबैप्रति आभार व्यक्त गरे। उल्लेख्य, तिमी तार्कुको तनकस्थित श्री काली मन्दिर दक्षिण सिक्किमकै एक प्रसिद्ध मन्दिर हो जहाँ विशेष गरेर श्रावण महिनामा जलार्पण गर्न ठूलो संख्यामा श्रद्धालु भक्तजन आउने गर्दछन्। श्रावण महिनामा मन्दिरमा स्थानीय भक्तजन अतिरिक्त अन्य स्थानका भक्तजनहरूको पनि भारी उपस्थिति हुने गर्दछ।