मालदा: दक्षिण मालदा लोकसभा क्षेत्रका कांग्रेस उम्मेद्वार र गनी परिवारका सदस्य ईशा खान चौधरीले पूर्व रेलमन्त्री तथा कांग्रेस नेता एबीए गनी खान चौधरीको समाधिमा फूल चढाएर चुनावी अभियान शुरु गरे। दक्षिण मालदा लोकसभा सीट सधैं कांग्रेसको कब्जामा रहेको छ। गत पटक अबु हसम खान चौधरी यी सिटबाट विजयी भएका थिए। तर शारीरिक अस्वस्थताका कारण उनी यो निर्वाचनमा उभिएनन्। यही कारण उनका छोरा ईशा खान चौधरी कांग्रेसको उम्मेदवार बनेका छन्।
कांग्रेस उम्मेदवार ईशाखान चौधरीले यसपटक भाजपासँग प्रतिस्पर्धा हुने बताइन्। गंगा कटानको समस्या मूलतः यस क्षेत्रको सबैभन्दा ठूलो समस्या भएकोले यसतर्फ पनि उनले ध्यान दिने बताए। उनले आज पनि मालदाका जनताले आफूलाई धेरै माया गर्ने र माया सधैं रहने बताए।