प्रधानमन्त्री मोदी भूटानको दुई दिवसीय राजकीय यात्रामा प्रस्थान

2024_3largeimg_1371155799.webp

नयॉं दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहान लगभग सात बजी भूटान प्रस्थान भए। उनी २२-२३ मार्चमा भूटानको राजकीय यात्रामा रहनेछन्। यस अघि भारत सरकारको छिमेकी प्रथम नीति अन्तर्गत प्रधानमन्त्री मोदी २१-२२ मार्चमा भूटान जाने कार्यक्रम थियो। तर, प्रतिकूल मौसमका कारण उनी जान सकेनन्।

भूटान यात्राको सम्बन्धमा प्रधानमन्त्री मोदीले एक्स पोस्टमा लेखेका छन्, ‘म भारत-भूटान साझेदारीलाई अझ बलियो बनाउने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरूमा भाग लिने छु। म भूटानका महामहिम राजा, महामहिम चतुर्थ ड्रुक ग्यालपो र प्रधानमन्त्रीसॅंग कुराकानीको निम्ति उत्सुकछ।’

यस अघि भूटानका प्रधानमन्त्री छिरिङ टोब्गे गत हप्ता बिहिवारदेखि भारतको पॉंच दिवसीय यात्रामा थिए। जनवरीमा प्रधानमन्त्रीको पदभार सम्हालेपछि यो उनको पहिलो विदेश यात्रा थियो। आफ्नो यात्राको क्रममा उनले राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री मोदीसॅंग भेट गरेका थिए। उनले विभिन्न् उद्योगका प्रमुखहरूसॅंग बैठक गर्नुका साथै अन्य कार्यक्रमहरूमा भाग लिएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *