काेचबिहारमा दिल्लीका मुख्यमन्त्रीलाई पक्राउ गरेको प्रतिवादमा विक्षोभ

Capture3-10.png

काेचबिहार: दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई ईडीले आबकारी नीति मुद्दामा हिजो पक्राउ गरेकाे प्रतिवादमा आज आम आदमी पार्टीले काेचबिहारमा विक्षोभ प्रदर्शन गर्यो। मुख्यमन्त्री अरविन्द केजरीवाललाई रिहा गरिनुपर्ने माग गर्दै आज आम आदमी पार्टी काेचबिहार जिल्ला कमिटीका सदस्यहरूले काेचबिहारको कचहरी मोड इलाकाको पथ अवरोध गरेर विक्षोभ प्रदर्शन गरे। यसको साथै आम आदमी पार्टी कुचबिहार जिल्ला कमिटीका सदस्यहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरे। पथ अवरोधलाई केन्द्र गरेर इलाकामा जामको समस्या देखापर्यो। स्मरण रहोस्, आबकारी नीति मुद्दामा ईडीले हिजो दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *