पेरिस ओलम्पिकमा शरत कमल हुनेछन् ध्वजवाहक, मेरिकोम शेफ डी मिशन

IMG-20240322-WA0229.jpg

नयाँ दिल्ली: अनुभवी टेबल टेनिस खेलाड़ी अनि कमनवेल्थ गेम्स च्याम्पियन शरत कमल यस साल हुने पेरिस ओलम्पिकमा भारतका ध्वजवाहक हुनेछन्। यसरी दिग्गज महिला बक्सर एमसी मेरिकोमलाई देशको दल प्रमुख (शेफ डी मिशन) नियुक्त गरियो। भारतीय ओलम्पिक संघ (आईओए)-ले यस ४१ वर्षीय टेबल टेनिस खेलाड़ी ओलम्पिकमा प्रतिस्पर्धा गर्दा हाम्रो दलको एकता र भावनाको प्रतीक हुने बतायो। यसरी ६ पल्टकी वर्ल्ड च्याम्पियन तथा २०१२ लण्डन ओलम्पिकमा काँस्य पदक विजेता मेरिकोमकी साथमा शीतकालीन ओलम्पिक खेलहरूमा भाग लिने शिवा केशवनलाई भारतीय दलको उप प्रमुख नियुक्त गरिएको छ। आईओए-ले भनेको छ, मेरिकोमकी खेलहरू प्रति समर्पण र प्रेरणादायी यात्रा ओलम्पिकमा हाम्रो खेलाड़ीहरूका मार्गदर्शन गर्नको निम्ति स्वाभाविक चयन बनिन्छ। केशवनसँग अपार अनुभव र टीम प्रबन्धनसँग काम गर्ने ज्ञान रहेको छ।
ओलम्पिक काँस्य पदक विजेता शूटर गगन नारंग शूटिंग रेञ्जमा भारतीय टीमका सञ्चालक हुनेछन्। ओलम्पिकमा शूटिंग रेञ्ज मुथ्य स्थलदेखि धेरै टाढ़ा रहेको छ। भारतले पेरिस ओलम्पिकमा शूटिंगमा अहिलेसम्मको आफ्नो सबैभन्दा ठूलो टीम पठाउनेछ कारण अहिलेसम्म १९ वटा कोटा हासिल भइसकेको छ। आईओए-की अध्यक्ष पीटी उषाले यी नियुक्तिहरू बारे भनिन्, हामी पेरिस ओलम्पिक खेलहरूमा हाम्रो दलको नेतृत्व गर्नको निम्ति यी अधिकारीहरूका यति प्रतिष्ठित र क्षमतावान टीम पाएर खुशी छौं। खेलहरूमा उनीहरूका विशेषता, समर्पण र जोशले हाम्रा खेलाड़ीहरूलाई आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्न अनि देशको गौरव बढ़ाउनको निम्ति निश्चित रूपले प्रेरित गर्नेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *