एसकेएम युवा नेता ब्ल्याक मनीसहित पक्रा परेको खबर झूटो

IMG-20240317-WA0191.jpg

गान्तोक: ‘एसकेएम युवा नेता ब्ल्याक मनी- को साथमा रम्फू चेक पोस्टमा पक्रा पऱ्यो’ भनेर विभिन्न सामाजिक सञ्जालहरूमा प्रचार-प्रसार भइरहेको खबर झूटो रहेको स्पष्ट गरिएको छ।

राजधानीको बलुवाखानीस्थित मुख्य निर्वाचन अधिकारीको कार्यालयले उक्त खबर झूटो रहेको बताएको छ।

कार्यालयद्वारा आज जारी गरिएको प्रेस नोटमा मुख्य निर्वाचन कार्यालयले पाकिम जिल्लाको नोडल अधिकारीसॅंग पुष्टि गरेपछि उक्त खबर झूटो पाएको बताएको छ।

उल्लेखनीय छ, आज कतिपय सामाजिक सञ्जालहरूमा एसकेएम युवा नेता ब्ल्याक मनी- को साथमा रम्फू चेक पोस्टमा पक्रा परेको भिडियो प्रचार-प्रसार भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement