मुख्यमन्त्रीले प्रधानमन्त्री मोदी र गृहमन्त्री शाहप्रति कृतज्ञता व्यक्त गरे

1000519922.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले देशका प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रिय गृह मन्त्री अमित शाहको नेतृत्वमा सिक्किमलाई प्राप्त महत्वपूर्ण समर्थनहरूको निम्ति कृतज्ञता व्यक्त गरेका छन्।

यसैगरि, उनले सिक्किमका जनताप्रति कृतज्ञता व्यक्त गरेका छन्। मुख्यमन्त्री तामाङ आज पश्चिम सिक्किमको देन्ताममा आयोजित विजय भवः जन सम्मेलनलाई सम्बोधन गर्दै थिए।

एसकेएम पार्टीले आफ्नो उक्त कार्यक्रमका साथै राज्यमा चुनाउ प्रचार अभियानको थालनी गरेको छ। सम्बोधनको क्रममा मुख्यमन्त्री तामाङले गत पॉंच वर्षको कार्यकालमा केन्द्र सरकारको समर्थनमा राज्यले हासिल गरेका विभिन्न उपलब्धीहरूको सम्झाना गरे। उनले भने, ‘यी पाँच वर्षहरूमा हामीले केन्द्र सरकारबाट धेरै सहयोग प्राप्त गऱ्यौं र सिक्किमभरि धेरै विकास परियोजनाहरू सञ्चालन गर्न सक्षम बन्यौं।’

सिक्किमे जनताले आफुमाथि गरेका विश्वासको निम्ति विनम्रता एवं प्रशंसा व्यक्त गर्दै उनले आफु एक साधारण परिवारमा जन्म ग्रहण गरेर मुख्यमन्त्रीको पदसम्म केवल सिक्किमे जनताको विश्वास र समर्थनका कारण पुग्न सकेको बताए। उनले सिक्किमको प्रगतिको निम्ति योगदान दिने सरकारी अधिकारीहरूदेखि लिएर पार्टीका कड़ा परिश्रम गर्ने कार्यकर्ताहरूप्रति आभार व्यक्त गरे।

मुख्यमन्त्री तामाङ वर्तमान एवं पूर्व राज्यपालहरूलाई पनि निरन्तर समर्थनको निम्ति धन्यवाद दिए। उनले पॉंच वर्ष सिक्किमका जनताको सेवा गर्ने अवसर पाएकोमा प्रशन्नता व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement