गार्डेनरीच दुर्घटनाको निम्ति राज्य सरकार जिम्मेवारः अधीर चौधरी

AC_1701505648703_1710854738522.jpg

काेलकाता: कांग्रेस नेता अधीर रंजन चौधरीले बुधवार आरोप लगाउॅंदै पश्चिम बंगालमा संगठित लूट चलिरहेको छ भने। उनले राज्यभरि भू-माफियाको राज चलिरहेको पनि दाबी गरेका छन्। उनले कोलकाताका मेयर पदबाट फिरहाद हकीमको राजीनामाको माग गरे।

यसका साथै उनले तृणमूल कांग्रेस शासित कोलकाता नगर निगममा गार्डेनरीच क्षेत्रमा एउटा अनाधिकृत बहुतले भवन ध्वस्त हुॅंदा कम्तिमा १० जनाको मृत्यु भएको घटनाको निम्ति सरकार जिम्मेवार रहेको आरोप लगाए। निवर्तमान लोकसभामा कांग्रेस पार्टीका नेताले आफ्नो गृह नगर र निर्वाचन क्षेत्र बहरमपुरमा संवाददाताहरूलाई भने, कोलकाताका साथै राज्यभरि एउटा संगठित लूट जारी छ। भू-माफियाले राज गरिरहेको छ।

उनले भने, कोलकातामा अवैध भवनहरू द्रुत गतिमा बढिरहेका छन्। गार्डेनरीच सरह अन्य कुनै ठाउॅंमा भवन ढल्नेछ, त्यो कसैलाई थाहा छैन। उनले यो मुद्दालाई सडकमा ल्याउनुको साटो तृणमूल नीत सरकार एमजी नरेगा योजना अन्तर्गत कामको पैसा कथित रूपमा बॉंकी रहेको मुद्दालाई किन उच्चतम न्यायालय लिएर जॉंदैन भनी प्रश्न पनि गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *