सेल फूटबल एकाडमीको निम्ति १० जनाको चयन

IMG-20240320-WA0211.jpg

सुकना: सेल (स्टील अथरिटी अव् इण्डिया लिमिटेड) फूटबल एकाडमी, आसनसोलको निम्ति खेलाड़ीहरूका दुईदिने सेलेक्शन ट्रायलबाट १० जना खेलाड़ी चयन गरियो। सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको विशेष सहयोगमा सुकना हाई स्कूल मैदानमा भएको यस ट्रायलको दोस्रो तथा अन्तिम दिन ३३ जना खेलाड़ीहरूले हिस्सा लिएका थिए, जसबाट १० जनालाई एकाडमीको निम्ति चयन गरियो। खेलाड़ीहरूका चयन गर्न एकाडमीका अधिकारीहरूका साथमा सिलगढ़ी कोचेस एसोसिएशनका अधिकारीहरू पनि उपस्थित थिए। बिहान ८:३० बजीदेखि खेलाड़ीहरूका ट्रायल शुरु गरियो । अन्तिम चरणको ट्रायलपछि एकाडमीको निम्ति चयन भएका खेलाड़ीहरूमा कर्ण साइबा (नक्सलबारी), कुंगा टाशी लामा (सालुगढ़ा), प्रसनजीत छेत्री (दार्जीलिङ), राजीव मराण्डी (कटिहार), अबीर मल्लिक (उत्तर २४ परगना), निश्चल छेत्री (मालबजार), राजकुमार बर्मन (नक्सलबारी), बिशिष्ट लोहार (बीरपाड़ा), अदित्य गुरुङ (सिलगढ़ी) र मिहिर मुण्डा (मटेली) सामेल छन्।

यस ट्रायलमा एक जनवरी २००४-देखि ३१ दिसम्बर २००६-बीच जन्मिएका खेलाड़ीहरूले हिस्सा लिएका थिए। ट्रायलमा हिस्सा लिने गोलकीपरहरूका निम्ति उँचाई ५ फूट १० इञ्च अनिवार्य रहेको थियो। यसरी अन्य पोजिशनमा खेल्ने खेलाड़ीहरूका निम्ति उँचाई ५ फूट ७ इञ्च अनिवार्य थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *