आईपीएलको शुरुवाती म्याचहरूबाट विली बाहिर हुँदा एलएसजी-लाई झट्का

IMG-20240320-WA0207.jpg

नयाँ दिल्ली: लखनऊ सुपर जाइण्ट्स (एलएसजी) टीमको हिस्सा रहने ईंग्ल्याण्डका देब्रे हातका पेस बलर डेविड विली निजी कारणहरूले गर्दा इण्डियन प्रीमियर लीग (आईपीएल) २०२४-को शुरुवाती म्याचहरूबाट बाहिर भएका छन्। एलएसजी-का मुख्य प्रशिक्षक जस्टिन लेंगरले बताएअनुसार, विली सीजनको शुरुवातमा खेल्न सक्नेछैनन् कारण उनी गत दुई महिनादेखि लगातार अबु धाबी नाइट राइडर्स र मुल्तान सुल्तान्सबाट खेलेका थिए। विलीलाई एलएसजी-ले गत दिसम्बरमा भएको लिलामीमा २ करोड़ रुपियाँमा खरीद गरेको थियो। यसअघि टी२० वर्ल्ड कपलाई ध्यानमा राखेर कार्य प्रबन्धनले गर्दा ईंग्ल्याण्ड क्रिकेट बोर्ड (ईसीबी)-ले मार्क वुडलाई पनि आईपीएलमा खेल्न मनाही गरेको थियो। वुडको स्थानमा वेष्ट इण्डिजका पेस बलर शमार जोसेफलाई टीममा सामेल गरिएको थियो। विलीको स्थानमा चाहिँ अन्य कुनै खेलाड़ीलाई चयन गरिएको छैन। आईपीएल २०२४-मा एलएसजी-को पहिलो म्याच आइतवार राजस्थान रोयल्ससँग रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement