बिहारका नेता ६० वर्षको उमेरमा बने बेहुला

Bihar

पटना: सबै राजनीतिक दलले लोकसभा निर्वाचनको तयारी शुरु गरेका छन्। बिहारबाट एउटा अनौठो घटना बाहिर आएको छ। यहाँ लोकसभाको टिकट पाउनका लागि नेता अशोक महतोले ६० वर्षको उमेरमा विवाह गरेका छन्। बिहारको राजनीतिमा आपराधिक अनुहार लामो समयदेखि जोडिएको छ। बिहारका अशोक महतोले मंगलबार दिल्लीकी एक ५५ वर्षिया महिलासँग हतारमा विवाह गरेका छन्। अशोक महतोको विवाहको उद्देश्य मुंगेरबाट २०२४ को लोकसभा चुनाव लड्नु रहेको बताइएको छ। पूर्व जेडीयु राष्ट्रिय अध्यक्ष लालन सिंह हाल यस सीटबाट सांसद छन्। अशोक महतो बिहे गर्न ५० गाडीको काफिले हिजो पटनाको जगदम्बा मन्दिर पुगेका थिए। बाहुबली अशोक महतोले विवाह गरेकी युवतीको नाम कुमारी अनिता हो। उनी ४६ वर्षकी हुन् र दिल्लीको आरके पुरमकी निवासी हुन्। मंगलबार पटना जिल्लाको सलेमपुर थाना क्षेत्रको करौतास्थित माँ जगदम्बा स्थान मन्दिरमा विवाह भएको थियो। अशोक महतोको विवाहमा परिवारका सदस्यसँगै धेरै समर्थकहरु पनि सहभागी भएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *