सोरेङ, पाकिम, नाम्ची र मंगन जिल्लाबाट कसैले पनि नामाङ्कन बुझाएनन्

00-1-Rajya-Samachar-4

गान्तोक: आगामी १९ अप्रेलको दिन सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउको निम्ति बुधवारदेखि नामाङ्कन पत्र बुझाउने समय शुरू भएको छ। आज पहिलो दिन राज्यका सोरेङ, पाकिम, नाम्ची र मंगन जिल्लामा कसैले पनि नामाङ्कन पत्र नबुझाएको जानकारी प्राप्त भएको छ।

पाकिम जिल्लाबाट विधानसभा साथै लोकसभा चुनाउको निम्ति आज पहिलो दिन कुनै पनि उम्मेदवारले नामाङ्कन पत्र नबुझाएको जिल्ला प्रशासनिक केन्द्रद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ। सोही प्रकारले मंगन जिल्लाबाट पनि आज नामाङ्कन पत्र बुझाउने पहिलो दिन कसैले पनि नामाङ्कन पत्र बुझाएनन्। यसैगरी, नाम्ची जिल्ला र सोरेङ जिल्लामा पनि आज कसैले नामाङ्कन पत्र बुझाएनन्।

उल्लेखनीय छ, आजदेखि सिक्किम विधानसभा र लोकसभा चुनाउको निम्ति नामाङ्कन पत्र भर्ने प्रक्रिया शुरू भएको छ भने आगामी २७ मार्चसम्म इच्छुक उम्मेदवारले नामाङ्कन पत्र बुझाउन सक्नेछन्। आगामी २८ मार्चको दिन उम्मेदवारहरूको नामाङ्कन पत्रको जाँच हुने र ३० मार्चका दिन नामाङ्कन पत्र फिर्ता लिन सक्ने छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *