केन्द्रिय व्यय पर्यवेक्षक मंगन जिल्ला पुगे

IMG-20240320-WA0219.jpg

मंगन: आगामी १९ अप्रेलमा सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउको पर्यवेक्षण गर्नका लागि केन्द्रबाट मंगन जिल्लाको निम्ति एक जना केन्द्रिय व्यय पर्यवेक्षक सिक्किम आइपुगेका छन्।

सौरब रास्कारले मंगन जिल्लाको तीनवटा निर्वाचन क्षेत्र निरीक्षण गर्नेछन्, जसमा कवि लुङचोक, जङ्गु र लाचेन मंगन रहेका छन्।

आज उनले मंगन जिल्लाका जिल्लापाल हेम कुमार छेत्री लगायत अन्य नोडल अधिकारीहरूसँग जिल्ला प्रशासन केन्द्रमा भेट गरे। यस अवसरमा जिल्लापालले पर्यवेक्षकलाई मंगन जिल्लावासीको तर्फबाट स्वागत जनाए। भेटको क्रममा जिल्लापालले राज्य साथै मंगन जिल्लाको विवरण दिए। उनले मतदान केन्द्रको संख्या, मतदाता संख्या र जिल्लाको सम्पूर्ण तयारीका बारेमा ईओलाई जानकारी गराए।

व्यय पर्यवेक्षकले सबै नोडल अधिकारीहरूसँग भेट गरी २०२४ को आम चुनाउको कार्ययोजनाबारे जानकारी लिए। उनले निष्पक्ष, स्वतन्त्र र पारदर्शीढङ्गमा चुनाउ गराउन आवश्यकता रहेको बताउँदै नोडल अधिकारीहरूलाई समयमै दैनिक प्रतिवेदन बुझाउन आग्रह गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *