गान्तोक: नाबार्ड, सिक्किम क्षेत्रीय कार्यालय गान्तोकमा २० मार्चमा सञ्जय कुमार गुप्ता, जीएम/ओआईसी, नाबार्ड सिक्किम आरओको अध्यक्षतामा क्षेत्रीय सल्लाहकार समिति (आरएसी) को बैठक सम्पन्न भयो।
बैठकमा डा. सन्दीप ताम्बे, एपीसीसीएफ, वन विभाग, सिक्किम सरकार, समितिका सदस्यहरूका रूपमा बैठकका अन्य सहभागीहरूमा डा. शशाङ्क बोरा, वरिष्ठ वैज्ञानिक, भारतीय मसला बोर्ड, डा. छेवाङ भोटिया, वैज्ञानिक, केभीके, निर्मल चौधरी, सहायक निर्देशक, एमएसएमई-डीएफओ, राज लामा, मुख्य समन्वयक, सीड सेल, अतानु बन्दोपाध्याय, क्षेत्रीय प्रबन्धक, एसबीआई, श्रीमती याङ्की भोटिया, निर्देशक, आरएसईटीआई, अनित लामिछाने, एलडीएम, एसबीआई, गान्तोक, प्रदीप अहमद, एलडीएम, सीबीआई, पाकिम र निमा लेप्चा, अध्यक्ष, यूपीओएस उपस्थित रहेका थिए। उक्त जानकारी पीआईबीले विज्ञप्तिमा दिएको छ।
सञ्जय कुमार गुप्ता, जीएम/ओआईसीले आफ्नो मुख्य भाषणमा आय असमानतालाई हटाउन र ग्रामीण आबादीका बीच रोजगारीका अवसरहरूलाई बढाउनको लागि अफ् फार्म क्षेत्रको महत्त्वमाथि विस्तारपूर्वक जानकारी दिए। उनले संस्था र सरोकारवालाबीचको विचार र कार्यको अभिसरणले प्रभावकारी नतिजा ल्याउन सक्ने बताए।
उनले कृषि क्षेत्र अन्तर्गतका सम्भावित गतिविधिहरूका लागि ऋण र गैर-ऋण सहयोगका साथ साथै केन्द्रित क्षेत्रहरूमा विपणनको महत्त्वमाथि जोड दिए। यस अतिरिक्त, उनले नाबार्ड ग्रामीण कारीगर, बुनकर, एसएचजी, एफपीओ, पर्यटन क्षेत्र र कृषि/प्राविधिक स्टार्ट-अपको शुरुआतको जीवनयापनलाई समर्थन गर्ने योजनाहरू, ओएफपीओ, ग्रामीण हाट, ग्रामीण मार्ट/मोबाइल भ्यान र डिजिटल मार्केटिङ सहायता, कौशल आदि जस्ता सकारात्मक प्रभावमाथि सरोकारवाला संस्था र विभागका लागि आरएसी फोरमको आवश्यकता र महत्त्वमाथि जोड दिँदै प्रकाश पारे।
गुप्ताले सबै सदस्यलाई उपयुक्त समूह र गतिविधिहरूको पहिचान गर्न आग्रह गरे ताकि सार्वजनिक स्रोतहरूलाई उच्च प्राथमिकताका रूपमा पहिचान गरिएका क्षेत्र र गतिविधिहरू ग्रामीण आबादी, विशेष गरी महिलाहरूको जीवनमा देखिने प्रभाव र परिवर्तनका लागि थप प्रभावकारी रूपमा उपयोग गर्न सकिन्छ।
त्यसपछि नाबार्डका डीजीएम प्रवीण एस मुलेद्वारा आरएसी बैठकको उद्देश्य, सिक्किममा अफ् फार्म क्षेत्रको स्थिति, अफ्-फार्म क्षेत्रमा महत्त्वपूर्ण क्षेत्र र हस्तक्षेप तथा ग्रामीण क्षेत्रमा सम्भावित गतिविधिहरू जस्ता पक्षहरूमा एक संक्षिप्त प्रस्तुतीकरण गरियो।
डा. सन्दीप ताम्बे, एपीसीसीएफ, वन विभाग, सिक्किम सरकारले ग्रामीण जीविकोपार्जनको महत्त्वमाथि जोड दिँदै के सुझाउ दिए भने हस्तक्षेपहरू केही जमिनी स्तरको राम्रो व्यवस्थित संस्थाहरूमार्फत लागू गर्न सकिने र आवश्यक व्यवस्थापन क्षमताहरू छन् र जमिनी स्तरका स्थितिहरूलाई परिवर्तन गर्ने वाचा गरे।
उनले अफ् फार्म क्षेत्रमा काम गर्नका लागि केही महत्त्वपूर्ण विशिष्ट क्षेत्रहरूमाथि पनि प्रकाश पारे। उनले सिक्किमको जीविकोपार्जन प्रोफाइल, गाउँहरूको जोखिम मूल्याङ्कन र ट्रेकिङ पर्यटनमा अवसर, नेटल प्राकृतिक कपडा, उच्च मूल्यको औषधीय र सुगन्धित बिरुवा (एमएपीएस) को बारेमा पनि आफ्नो अन्तर्दृष्टि साझा गरे।
समितिका अन्य सदस्यहरूले पनि मसला क्षेत्र, प्याकेजिङ, खाद्य परीक्षण प्रयोगशाला सुविधा, बौद्धिक सम्पदा अधिकार, प्रतिलिपि अधिकार, ब्राण्डिङ, पहिलो पुस्ताका उद्यमीहरू सिर्जना गर्नका चुनौती पार गर्ने, बुनाइ गतिविधिहरूमा विस्तार र सुधारको अवसरहरूको महत्त्व, आरएसईटीआई जस्ता संस्थाहरूद्वारा उपलब्ध गराइएका विस्तृत तालिम सुविधाहरूको लागि जागरूकता सिर्जना र उम्मेदवारहरूको सोर्सिङबारे प्रकाश पनि पारेका थिए। समितिका सबै सदस्यहरूले खुल्ला चर्चामा सक्रिय रूपमा सहभागी भई कृषि क्षेत्रका चुनौती र सम्भावनाका बारेमा आफ्ना विचारहरू आदान प्रदान गरे।