भूतपूर्व सैनिकहरूको संगठन कारगिल एनजीओ घैयाबारीको वार्षिक साधारण सभा

IMG-20240320-WA0198.jpg

खरसाङ: भूतपूर्व सैनिकहरूको संगठन कारगिल एनजीओको वार्षिक साधारण सभा सभापति सुवांग सुब्बाको अध्यक्षतामा सम्पन्न भयो। सभामा मुख्य अतिथिको रूपमा वरिष्ठ नागरिक कल्याण संगठन घैयबारीको सभापति प्रसाद शंकर अनि विशिष्ट अतिथिको रूपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सभापति राजीव थापा उपस्थित रहेका थिए। कारगिल एनजीओको कार्यालय सचिव जयराज थापाले सभालाई सञ्चालन गरेका थिए। सभाध्यक्ष, प्रमुख अतिथि र विशिष्ट अतिथिहरूका बाहुलीबाट धुप दीप प्रज्वलन गरी थालिएको कार्यक्रममा वर्ष २०२३-२४ मा दिवंगत भएका संगठनका सदस्यहरू सदस्याहरूको स्मरणमा मौन धारण गरिएको थियो। कार्यक्रममा स्वागत सम्भाषण संगठनको पूर्व सचिव रमेश प्रधानले राखेका थिए भने वर्तमान सचिव गणेश तामाङले वर्ष २०२३-२४ को सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसरी नै कार्यक्रममा दिपाङ्शु छिरिङ लामा, स्वीकृति गुरुङ र निवाङ तामाङ अनि सदस्याहरूमा सुशिला राई, गीता गुरुङले पनि नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा ध्रुव गुरुङले गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा अशोक गुरुङ -सिलगढी, पूर्णलाल सुब्बा-सिमरिङ, प्रेमकुमार तामाङ -सिलिमहिल, प्रमुख अतिथि प्रसाद शंकर, शकिला राई आदिद्वारा सम्बोधन गरिएको थियो। कार्यक्रममा संगठनको उप सभापति हेमराज गुरुङद्वारा जागरण गीत अनि अर्जुन योञ्जन र जयराज थापाद्वारा कविता पठन गरिएको छ। त्यसरी नै रमेश प्रधान, सुरत तामाङ, सांग्गे तामाङद्वारा पनि गीत प्रस्तुत गरिएको थियो। कार्यक्रममा धन्यवाद ज्ञापन सुरत तामाङले गरेका थिए भनी कारगिल एनजीओको कार्यालय सचिव जयराज थापाले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement