केन्द्रीय वाहिनीको रूट मार्च

rut.jpg

सिलगढी: लोकसभा चुनाउलाई केन्द्र गरेर सिलगढी मेट्रोपोलिटन पुलिसको भक्ति नगर थानाका आईसीको नेतृत्वमा केन्द्रीय वाहिनीले रूट मार्चको माध्यमद्वारा विभिन्न इलाकाको निरीक्षण गर्यो। लोकसभा चुनाउलाई केन्द्र गरेर राजनैतिक माहौल गर्मिएकोले गर्दा साधारण मानिसहरूलाई कुनै प्रकारको असुविधा नहोस् साथै निर्धक्क भएर आफ्नो मतदान खसालोस् भन्ने उद्देश्य लिएर राज्यको विभिन्न ठाउँमा केन्द्रीय वाहिनी पठाएको छ। यसै क्रममा आज भक्ति नगर थानाका आईसीको नेतृत्वमा सालुगढा खोलाचन्द फापरी इलाकामा केन्द्रीय वाहिनीले रूट मार्च गर्नको साथै साधारण मानिसहरूसित कुराकानी पनि गरे। उक्त इलाकामा लोकसभा चुनाउसम्म केन्द्रीय वाहिनीको रूट मार्च लगातार जारी रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement