सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गमा दुर्घटना

1000579021.jpg

फुलबारी: सडक दुर्घटनामा परेर ३ जना युवक घाइते भएका घटना सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्गको फुलबारी संलग्न जियागञ्ज इलाकामा घटेको हो।जानकारी अनुसार जियागञ्ज इलाकामा नेशनल हाईवेमा तीनजना युवक बाइकमा सवार भएर गइरहेको समय जलपाईगढी दिशाबाट आइरहेको एउटा मालवाहक वाहनले बाइकलाई धक्का दिँदा बाइकमा सवार तीनजना युवकमा सडकमा लडेर घाइते भएको बताइएको छ। तीमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ। घटनापछि तीनजना युवकलाई उद्धार गरेर फुलबारीको एउटा निजी अस्पतालमा पठाएको छ। घटनाको खबर पाएर फुलबारी हाईवे ट्राफिक आउटपोस्ट पुलिस, एनजेपी पुलिस र दमकलको एउटा इञ्जिन घटनास्थलमा पुगेको थियो। पुलिसले दुर्घटनाग्रस्त बाइकलाई उद्धार गरेर थानामा लैजानको साथै घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement