तीन उपद्रवी पक्राउ

1000579021.jpg

सिलगढ़ी: प्रधान नगर थानाको पुलिसले डकैतीको योजनामा सामेल भएको आरोपमा तीनजना उपद्रवीहरूलाई पक्राउ गरेको छ। पक्रा परेका उपद्रवीहरूको पहिचान उज्ज्वल छेत्री, शम्भु सरकार र सजल रायको रूपमा भएको छ भने यी तीनैजना सिलगढ़ीका बासिन्दा हुन्। पुलिस सूत्र अनुसार गत १५ मार्चको दिन डकैतीको सूचना पाएर पुलिसले सिलगढ़ी जंक्शन क्षेत्रमा छापामारी गरेको थियो। छापामारीको सुइँको पाएर तीनैजना उपद्रवीहरू भाग्न सफल भएका थिए जसको खोजीमा जुटेको पुलिसलाई गए मंगलवार अबेर रात गुप्क सूचना प्राप्त भएको थियो, भगौड़ा उपद्रवीहरूलाई फेरि जंक्शन क्षेत्रमा घुम्दै गरेको देखिएको छ। त्यसपछि दार्जीलिङ मोड़ र जंक्शन क्षेत्रमा छापा मारेर पुलिसले उपद्रवीहरूलाई पक्राउ गऱ्यो। पुलिस अग्रिम कारबाहीमा जुटेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *