छुट्टै राज्यको मांगहरूलाई प्रभावशली बनाउने विषयमा लेह लद्दाख पुगेका अजय एडवर्ड र सोनाम वाङचुकबीच चर्चा

IMG-20240320-WA0189.jpg

दार्जीलिङ: छुट्टै राज्यको मांगहरूलाई प्रभावशली बनाउने विषयमा लेह लद्दाख पुगेका हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवर्ड र सोनाम वाङचुकबीच चर्चा भएको जानकारी प्राप्त भएको छ। सोनाम वाङचुकको हड़ताललाई समर्थन गर्दै लेह लद्दाख पुगेका अजय एडवर्ड लेह लद्दाखीहरूको पक्षमा खडा भएको हाम्रो पार्टीले प्रेस विज्ञप्ति जारी गरी बताएका छन्। लेह लद्दाखको बासिन्दाहरूले लेह लद्दाखलाई लिएर छुट्टै राज्यको गठन अथवा छैटौं अनुसूचिको मांग गर्दै आईरहेका छन्। यी मांगलाई लिएर गत केही दिन अघिदेखि वरिष्ठ समाजसेवी सोनाम वाङचुक लेह लद्दाखको छिरिङ तोप्देन पार्कमा धरनामा बस्दै आईरहेका छन्।

सोनाम वाङचुकको धरना स्थलको वरिपरि लेह लद्दाखको बासिन्दाहरू भारी संख्यामा उपस्थित रहेको र लेह लद्दाखको वासिन्दाहरूले उठाउँदै आएको मांगलाई समर्थन जनाउन दार्जीलिङ पहाडबाट हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स गत दिन लेह लद्दाख पुगेका छन् भने हिज मंगलबार उनी सोनाम वाङचुकको धरनालाई समर्थन जनाउँदै धरनामा बसेका छन्। लेह लद्दाखीहरू र गोर्खाहरूको मांग र अवस्था एकै प्रकारको रहेकोले हाम्रो पार्टीले लेह लद्दाखीहरूको मांगलाई अघिबाटै समर्थन जनाउँदै आएको हो विज्ञाप्तिमा जनाइएको छ।

देशको सिमावर्ती क्षेत्रहरूमा छुट्टै राज्यको मांगहरू उठाउँदै आएका राजनैतिक पार्टी एंव संघ संस्थाहरूले एउटै मञ्चमा ल्याएर संयुक्त रूपमा गणतान्त्रिक रूपमा आन्दोलन गर्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स र सोनाम वाङचुकबीच चर्चा भएको जनाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement