रूसका राष्ट्रपति पुतिनसॅंग प्रधानमन्त्री मोदीकाे कुराकानी

IMG-20240320-WA0191.jpg

नयॉं दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार रूसका राष्ट्रपति ब्लादिमीर पुतिनसॅंग टेलीफोनमा कुराकानी गरेका छन्। प्रधानमन्त्रीले उनलाई रूसको राष्ट्रपतिको रूपमा फेरि निर्वाचित बनेकोमा बधाई दिए अनि रूसको मैत्रीपूर्ण मानिसहरूलाई शान्ति, प्रगति र समृद्धिको निम्ति शुभकामना दिए।

प्रधानमन्त्री कार्यालय (पीएमओ) अनुसार, दुवै नेता आगामी वर्षहरूमा भारत र रूसबिच विशेष एवं विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीलाई अझ बलियो बनाउने दिशामा ठोस प्रयास गर्न सहमत भएका छन्। उनीहरूले द्विपक्षीय सहयोगका विभिन्न मुद्दाहरूमा प्रगतिको पनि समीक्षा गरे तथा आपसी हितका क्षेत्रीय र वैश्विक मुद्दाहरूमाथि विचार आदान-प्रदान गरे।

रूस-यूक्रेन संघषमाथि चर्चा गर्दै प्रधानमन्त्री मोदीले अगाडि बढ्ने मार्गको रूपमा कुराकानी र कूटनीतिको पक्षमा भारतको निरन्तर स्थितिलाई दोहोऱ्याए। पीएमओले भनेको छ, दुवै नेता सम्पर्कमा बनिरहन सहमत भएका छन्।

प्रधानमन्त्री मोदीले एक्समा एउटा पोस्ट गरेका छन्, ‘राष्ट्रपति पुतिनसॅंग कुरा गरे अनि उनलाई रूसी संघको राष्ट्रपतिको रूपमा फेरि निर्वाचित बनेकोमा बधाई दिए। हामी आगामी वर्षहरूमा भारत-रूस विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीलाई अझ बलियो र विस्तारित गर्नका लागि मिलेर काम गर्न सहमत भएका छौ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *