प्राइमेरी एडुकेशनको डायरीमा अनित थापाको फोटो विषयमा हाम्रो पार्टीद्वारा विरोध जनाउँदै पत्रचार

IMG-20240320-WA0193.jpg

दार्जीलिङ: जीटीए क्षेत्रका प्राइमेरी एडुकेशनको डायरीमा जीटीए चिफ् अनित थापाको फोटो टाँसेको विषयमा आपत्ति जनाउँदै हाम्रो पार्टीले आज राज्यको जोइण्ट सेक्रेटेरी सोनाम भूटियालाई ज्ञापन पत्र चढाएका छन्। गत केही दिन अघि प्राइमेरी एडुकेशनको डायरीमा जीटीए चिफ् अनित थापाको फोटो टाँसिएको सार्वजनिक भएपछि उक्त विषयमाथि विरोधाभाषहरू चुलिन्दै आएको छ। यसै क्रममा आज हाम्रो पार्टीको सांगठनिक सचिव पुकार गहतराजको नेतृत्वमा जीटीए मुख्य सचिवसँग भेट गर्न हाम्रो पार्टीको टोली जीटीए मुख्यालय लालकोठी पुगेको थिए तर उनी विशेष कामले कार्यालय बाहिरभएको हुनाले प्रतिनिधि टोलीले उनलाई भेट सकेनन। त्यसरी नै जीटीए सचिवसंग पनि भेटन नसक्दा हाम्रो पार्टीको टोलीले राज्यको सह सचिव सोनाम भूटियासँग भेटेर आफुहरूको आपति पत्र सुम्पिएको सांगठनिक सचिव पुकार गहतराजले बताएका छन्। उनले यस विषयमा अघि नै २०१५ मा देशको सर्वोच्च न्यायलयले राष्ट्रपिता, प्रधानमंत्री आदि बाहेक अन्य कसैको फोटो सरकारी विज्ञापनमा नलगाउने निर्देश जारी गरेको छ। तर प्राइमेरी एडुकेशनको डायरीमा जीटीए चिफ् अनित थापाको फोटो कसरी टाँसियो यसमा हाम्रो आपत्ति छ। उनले अघि भने राज्यको सहसचिव सोनाम भूटियाँसंगको भेटवार्तामा आफुहरूलाई यस विषय बारे जीटीए मुख्यसचिवसंग कुराकानी गरेर बताउँने भरोसा दिएको छ गहतराजले बताए।हामीले चढाएको ज्ञापन पत्रमा जीटीए कार्यालयमा हस्ताक्षर पनि गराएका छौ।जीटीए यस बारे कुनै कार्यवाही नगरेको खण्डमा हामी अधिल्लो कार्यमा लाग्नेछौं हाम्रो पार्टीको सांगठनिक सचिव पुकार गहतराजले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement