गान्तोक: सिच्छेस्थित सोचेग्याङमा मेडिकल कलेजमा कार्यरत कर्मचारीहरूलाई लिएर सचेतना साथै स्वास्थ्य शिविर आयोजना गरियो। यो कार्यक्रम विशेष गरेर मेडिकल कलेज निर्माण कार्यमा जुटेका कर्मचारीहरूको निम्ति आयोजना गरिएको हो। राज्यको श्रम विभाग र कर्मचारी राज्य वीमा निगमको संयुक्त पहलमा आयोजना गरिएको यस कार्यक्रम आजादीका अमृत महोत्सवको एक हिस्सा रहेको बताइएको छ। उक्त कार्यक्रमको उदघाटन श्रम विभागका अतिरिक्त मुख्य सचिव एके यादवले गरेका हुन् भने विशिष्ट अतिथिमा कर्मचारी राज्य वीमा निगमका निर्देशक डीएस कुँवर रहेका थिए। यस अवसरमा दुईसय भन्दा अधिक कर्मचारीहरूलाई निःशुल्क उपचार साथै औषधि वितरण गरियो।










