खरसाङ: आगामी लोकसभा चुनावलाई ध्यानमा राखेर खरसाङ महकुमा प्रशासन र सूचना अनि सांस्कृतिक विभाग खरसाङको तर्फबाट चुनाव सम्बन्धमा लगातार सचेतना कार्यक्रम आयोजना गर्दै आइरहेको छ। यसै क्रममा खरसाङको सन्त अल्फन्सेस उच्चत्तर माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई लिएर चुनाव र मतदान विषयमा सचेतना कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा विद्यार्थीहरूलाई लाइनमा राखेर मतदान प्रक्रिया विषयमा जानकारी गराउँदै मतदान कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारीसहित सचेतना गराइएको छ। कार्यक्रममा सन्त अल्फन्सेस विद्यालयका विद्यार्थीहरूले लोकसभा चुनाव विषयमा सचेतना गराउन रचिएको सचेतनामूलक गीत पनि प्रस्तुत गरेका थिए। यस कार्यक्रममा खरसाङको डेपुटी म्याजिस्ट्रेट कैलास प्रसाद, देवज्योति बराल, लाडेन लेप्चा लगायत अन्यहरू उपस्थित रहेका थिए।

खरसाङ महकुमा प्रशासनको पक्षबाट अधिकारीहरूले चुनाव र मतदान विषयमा सचेतना गराएका थिए। यसै अवसरमा खरसाङ महकुमा शासक कार्यालयका कर्मचारीहरूले भीभी प्याड विषयमा सचेतना पनि गराएका थिए। कार्यक्रममा विद्यार्थीहरूलाई चुनाव र मतदान विषयमा पनि सचेतना गराइएको जानकारी प्राप्त भएको छ। कार्यक्रममा विद्यार्थीहरू लगायत शिक्षिकाहरू पनि उपस्थित रहेका थिए। विशेष गरी विद्यार्थीहरूलाई मतदान प्रणाली विषयमा सचेतना र चुनावमा भाग लिने विषयमा पनि सचेतना गराइएको छ।
विशेष गरी चियाबारी र गाउँ बस्तीका अभिभावकहरूलाई चुनाव र मतदान विषयमा सचेत गराउन विद्यार्थीहरूलाई सचेत गराइएको छ। यस प्रकारका कार्यक्रम खरसाङ क्षेत्रका विभिन्न विद्यालयहरूमा आयोजना गरिरहेको सूचना अनि सांस्कृतिक विभाग खरसाङको तर्फबाट जानकारी प्राप्त भएको छ।