सन्दकपु क्षेत्रमा हिउँ परेपछि दार्जिलिङ पहाड़को मौसम फेरि चिसियो

IMG-20240320-WA0172.jpg

दार्जीलिङ: दार्जीलिङ पहाड़को सबैभन्दा अग्लो स्थान सन्दकपुमा यस सिजनको तेस्रोपल्ट हिउँ परेको छ। सन्दकपु क्षेत्र लगायत सिंहलिला नेशनल पार्क क्षेत्र र यसको नजिक चौरी चौकमा बाक्लो हिउँ परेको छ। सन्दकपु क्षेत्रमा हिउँ परेको कारण दार्जिलिङ पहाड़को तापमानमा गिरावट आएको छ। सन्दकपु क्षेत्रमा हिउँ परेपछि दार्जिलिङमा तापमान झरेर एक डिग्री सेल्सियस भएको जनाइएको छ। सिजनको तेस्रो पल्ट परेको यस हिउँको कारण उच्च स्थानहरूमा बाटो ठप्प बनेको छ जसले गर्दा पर्यटन अनि वाहन चालकहरुले धेरै समस्या भोग्न परेको जानकारी प्राप्त भएको छ।

गरम महिना लाग्न लागेको समयमा दार्जिलिङको उच्च स्थान सन्दकपुमा अचानक हिमपात भएपछि फेरि एकपल्ट मौसम चिसो बनेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement