राजगंज: दुईवटा डम्पर आपस्तमा ठोक्किएर एक डम्पर चालकको मृत्यु भएको छ भने अर्को चालक गम्भीर रूपले घाइते भएका छन्। घटना बुधवार बिहान जलपाईगुड़ी जिल्लाको गाजलडोबास्थित टिस्टा क्यानल रोडमा भएको हो।
स्थानीय सूत्र अनुसार एउटा डम्पर गाजलडोबादेखि सिलगढ़ी तर्फ गइरहेको थियो भने अर्को खाली डम्बर सिलगढ़ीदेखि उदलाबाड़ी तर्फ फर्किरहेको थियो। क्यानल रोडमा पुगेपछि दुई डम्पर आपस्तमा ठोक्किए। दुर्घटना यतिसाह्रो भयानक थियो कि एउटा डम्पर चालकको घटनास्थलमै मृत्यु भयो।
दोस्रो डम्पर चालकलाई गम्भीर चोट लागेको छ जसलाई स्थानीय मानिसहरूको सहयोगमा अस्पतालमा भर्ती गरिएको छ। घटनापछि पुलिसले घटनास्थलमा पुगेर शवलाई उद्धार गरी पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। घटनाको जाँचमा पुलिस जुटेको छ।