राष्ट्रपतिले स्वीकार गरिन् पशुपति कुमार पारसको राजीनामा 

karana-rajaja-ka-mal-khathaya-parasasakaranae-uthayaga-mataralya-ka-jamamathara_3ed49b5ab4d8857848f880fc94220bab.jpeg

क्याबिनेट मन्त्री किरेन रिजिजूलाई खाद्य प्रसंस्करण उद्योग मन्त्रालयको अतिरिक्त प्रभार

नयॉं दिल्ली: राष्ट्रपति द्रौपदी मुर्मूले बुधवार केन्द्रिय खाद्य प्रसंस्करण उद्योग मन्त्री पशुपति कुमार पारसको राजीनामा स्वीकार गरेकी छन्। उनको स्थानमा क्याबिनेट मन्त्री किरेन रिजिजूलाई उनका वर्तमान पोर्टफोलिया अतिरिक्त खाद्य प्रसंस्करण उद्योग मन्त्रालयको अतिरिक्त प्रभार सुम्पिएको छ।

राष्ट्रपति भवनले बुधवार बयानमा भनेको छ, राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्री नरेन्द्र मोदीको सल्लाह अनुसार, संविधानको अनुच्छेद ७५ को खण्ड (२) अन्तर्गत केन्द्रिय मन्त्री परिषदबाट पशुपति कुमार पारसको राजीनामा तत्काल प्रभावका साथ स्वीकार गरेकी छन्।

यस अतिरिक्त, प्रधानमन्त्रीको सल्लाह अनुसार राष्ट्रपतिले क्याबिनेट मन्त्री किरेन रिजिजूलाई उनको वर्तमान पोर्टफोलियो अतिरिक्त, खाद्य प्रसंस्करण उद्योग मन्त्रालयको प्रभार सुम्पिन निर्देश दिएकी छन्।

About Author

Advertisement