बेंगलुरु एफसीको निम्ति छनौट भएका दुई सिक्किमे युवा खेलाड़ीहरूको मुख्यमन्त्री गोलेसँग भेट

IMG-20220802-WA0160.jpg

गान्तोक: बेंगलुरु फूटबल क्लबको निम्ति छनौट भएका राज्यका दुई युवा फूटबल खेलाड़ीहरू वेदहंस छेत्री अनि निहाङ सुब्बाले आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग उनकै सरकारी निवास मिन्तोकगाङमा भेट गरे। यस भेटमा मुख्यमन्त्री तामाङले खुशी व्यक्त गर्दै दुवै युवा खेलाड़ीहरूको उज्ज्वल भविष्यको कामना गरेका छन्। मुख्यमन्त्री तामाङले सरकारबाट सम्भवत सबै सहयोग पुऱ्याउने वचन पनि दिए।

जानकारी गराइन्छ, यी दुई खेलाड़ी वेदहंस छेत्री अनि निहाङ सुब्बा सोरेङ निवासी हुन्। आजको भेट अवधि क्षेत्र विधायक आदित्य गोले, उनीहरूका अभिभावकहरू तिलक दास छेत्री अनि निर्मल सुब्बा पनि उपस्थित भएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement