मार्चकस्थित साइन्स सेन्टरमा सेल्फ हेल्प ग्रुपलाई टुलकिटस वितरण

IMG-20220802-WA0158.jpg

गान्तोक: रानीपुलस्थित साइन्स सेन्टरमा आज ट्राइबल सेल्फ हेल्प ग्रुपलाई टुलकिटस वितरण गरियो।साइन्स एण्ड टेक्नोलजी विभागद्वारा आयोजना गरिएको यस कार्यक्रम आजादीका अमृत महोत्सव अन्तर्गत रहेको बताइएको छ।

प्रधानमन्त्री वन धन योजना १४ अप्रेल २०१८ मा प्रधानमन्त्री, नरेन्द्र मोदीले साना वन उत्पादनको मूल्य अभिवृद्धि मार्फत आदिवासी जनसङ्ख्याको आय आर्जनका माध्यमहरू सुधार गर्न सुरु गरिएको थियो। यस अवसरमा जङ्ग निर्वाचन क्षेत्रका विधायक पिन्छो नामग्याल लेप्चाले सेल्प हेल्प ग्रुपलाई टुलकिटस प्रदान गरे।

सिलिङ मेसिन, पाउच ह्यान्ड सील, इलेक्ट्रिक चप सा ब्याच प्रिन्टिङ मेसिन, कटिङ मेसिन र वाटर फिल्टर जस्ता उपकरणहरू गान्तोक, पाक्योङ र मङ्गनका तीन जिल्लाहरू प्रतिनिधित्व गर्ने १९ वन धन विकास केन्द्रहरू लाई वितरण गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै विधायक पिन्छो नामग्याल लेप्चाले वितरण कार्यक्रममा भाग लिन पाउनु आफ्नो लागि सौभाग्यको कुरा रहेको बताए। उनले लाभार्थीहरूलाई आज प्रदान गरिएको मशिनप्रति जिम्मेवारीको भावना राख्नु पर्ने आग्रह गरे। आफूले स्वयं सहायता समूहहरूलाई सँधै सहयोग गर्ने आश्वासन दिए।

यसबाहेक, उनले सिक्किमका उत्पादनहरू राज्य बाहिर उच्च मागमा रहेको कुरा बताए। उनले सिक्किममा हुने जैविक उत्पादनमा ध्यान केन्द्रित गर्ने अवसरको सदुपयोग गर्न सुझाव दिए। अन्तमा, उनले राज्य सरकारको तर्फबाट एसएचजीहरूलाई सहयोग गर्ने सम्बन्धित विभागहरूलाई धन्यवाद दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement