सरफराज र जुरेललाई बीसीसीआईको केन्द्रीय अनुबन्ध

IMG-20240319-WA0247.jpg

नयाँ दिल्ली: ईंग्ल्याण्ड विरुद्ध टेस्ट सीरीजमा असल प्रदर्शन गर्ने सरफराज खान र ध्रुव जुरेललाई भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले केन्द्रीय अनुबन्ध पाउने खेलाड़ीहरूका सूचीमा सामेल गऱ्यो। सोमवार भएको बीसीसीआई एपेक्स काउन्सिलको बैठकमा सरफराज खान र ध्रुव जुरेललाई केन्द्रीय अनुबन्धमा सामेल गर्ने फसेला गरियो। यी दुईजनालाई बीसीसीआईको केन्द्रीय अनुबन्धको ग्रेड सी- मा स्थान प्राप्त भएको छ अनि उनीहरूलाई वार्षिक एक करोड़ रुपियाँ गरेर प्राप्त हुनेछ। इशान किशन र श्रेयस अय्यरलाई बीसीसीआईले केन्द्रीय अनुबन्धमा स्थान नदिँदा ठूलो विवाद भएको थियो। बोर्डले यी दुई अनुभवी क्रिकेटरलाई रणजी ट्रफी नखेल्दा अनुबन्धबाट बाहिर गरेको थियो । यसबीच बोर्डले महत्त्वपूर्ण फसेला लिंदै यी दुई ब्याटरलाई केन्द्रीय अनुबन्धमा सामेल गऱ्यो। सरफराज र जुरेलले ईंग्ल्याण्ड विरुद्ध हालै सम्पन्न भएको पाँचवटा टेस्ट म्याचको सीरीजको अवधि अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए। सफराजले त्यस सीरीजमा तीनवटा अर्द्धशतक बनाएका थिए। यसरी जुरेलले राँची टेस्टमा ९० र ३९ रन बनाएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *