सालबारीको सम्झनामा परशु प्रधान

IMG-20240319-WA0230

सालबारी: नेपाली साहित्यका बेजोड आख्यानकार एवं रचनागर्भका पुरोधा प्रयोक्ता परशु प्रधानको सम्झनामा सालबारी ‘शब्द समय’-ले प्रकाशन संस्था बुकएण्टको कार्यालयमा श्रद्धाञ्जली सभा आयोजन गरेको थियो। “परशु प्रधानको देहान्तले नेपाली साहित्यमा एउटा ठूलो क्षति भएको छ,” उत्तरबङ्ग विश्वविद्यालयको नेपाली विभागका प्राध्यापक एवं समालोचक-कवि डा. सञ्जय बान्तवाले आफ्नो सम्बोधनमा भने। कवि-कथाकार ज्ञानेन्द्र खतिवडाले परशु प्रधान नेपाली साहित्यमा रचनागर्भलाई विधाकै रूपमा भित्र्याउने पहिलो सर्जक हुन् भन्दै प्रधानले नेपाली साहित्यकारहरूलाई स्वावलम्बी बनाउन थालेको वाणी प्रकाशनको पनि उल्लेख गरे। उनले भने, “नेपाली साहित्यमा परशु प्रधानले सरल आख्यान लेखी जन-जनमा आख्यानलाई लोकप्रिय तुल्याएका हुन्।” साहित्य अकादमी पुरस्कार प्रापक कवि मोहन ठकुरीले आफ्नो संस्मरणात्मक सम्बोधनमा प्रधानले गर्दा नै कवि मनप्रसाद सुब्बा र आफू नेपालमा कविता प्रस्तुत गर्न गएको बताए। श्रद्धाञ्जली सभामा खरसाङका साहित्यकार आईएन शर्मालगायत कथाकार मणिकुमार प्रधान, कवि पूर्ण मगर, रुबाइकार दीप गजमेर आदिको विशेष उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *