फिटनेस टेस्टमा अल्झिए सूर्यकुमार

IMG-20240319-WA0239.jpg

नयाँ दिल्ली: दिग्गज ब्याटर सूर्यकुमार यादवले इण्डियन प्रीमियर लीग (आईपीएल)-को २०२४ संस्करणमा मुम्बई इण्डियन्सको शुरुवाती म्याचहरू खेल्न सक्नेछैनन् कारण उनी फिटनेस टेस्ट पास गर्न असफल रहे। यसैकारण उनलाई राष्ट्रिय क्रिकेट एकाडमी (एनसीए) – बाट आईपीएलमा खेल्ने अनुमति प्राप्त भएन। यसले मुम्बई इण्डियन्सलाई चाहिँ ठूलो धक्का लागेको छ कारण सूर्या विश्वका नम्बर एक टी२० ब्याटर हुन्। एनसीए-मा सूर्यकुमारको मामिलासँग सम्बन्धित एकजना अधिकारीले भने, उनी मंगलवार फिटनेस टेस्ट पास गर्न असफल रहे। हामी बिहीवार उनको अझ एउटा फिटनेस टेस्ट गर्नेछौं अनि त्यसमा उत्तीर्ण हुन सके मात्र उनले आईपीएलमा खेल्न पाउनेछन्। आईपीएल २०२४-मा मुम्बई इण्डियन्सको पहिलो म्याच २४ मार्चमा गुजरात टाइटन्स विरुद्ध रहेको छ अनि सूर्याले त्यस म्याचमा हिस्सा लिने सम्भावना छैन। यस ३३ वर्षीय खेलाड़ीलाई दिसम्बर २०२३-मा दक्षिण अफ्रिका यात्राको अवधि खुट्टामा चोट लागेको थियो। त्यसपछि उनी खेलबाट बाहिर रहेका छन्। मुम्बई इण्डियन्सका यस खेलाड़ीले जनवरीमा जर्मनीको म्यूनिख गएर सर्जरी गराएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *