राज्यको विभिन्न स्थानमा तीनजनाको अप्राकृतिक मृत्यु

1290230-dead.jpg

गान्तोक: पाकिम जिल्ला अन्तर्गत ताजा तितरीबोटे निवासी एक व्यक्तिको अप्रकृतिक मृत्यु भएको थाह लागेको छ।पुलिस सुत्रले जानकारी गराए अनुसार राजु उराँउ नामक व्यक्तिलाई उनको कोठामा मृत अवस्थाम फेला परेको थियो। मृतकको मूल घर जलपाइगढी जिल्ला अन्तर्गत लाटागुढी रहेको हो। उनी दुर्गा प्रसादको घऱमा किरायाको कोठामा बस्दै आइरहेका थिए। मृतक दुई दिनदेखि ज्वरोले ग्रसित रहेका थिए भने भने हिजो उनलाई किरायाको कोठमा मृत अवस्थमा भेटिएको पुलिसले जानकारी गराएको छ। उक्त घटनाको जानकारी पुलिसलाई घर मालिक दुर्गा प्रसाद अधिकारीले दिएका थिए। यसरी नै नाम्चीस्थित लोवर पेपथाङ निवासी एक महिलाले आत्म हत्या गरेको जानकारी प्राप्त भएको छ। पुलिसले बताए अनुसार मन कुमारी सुब्बा (५३) वर्षीयाले आफ्नै घरमा नायलनको डोरीको सहायताले आत्महत्या गरेकी हुन्। यसरी नै देन्तामस्थित मेयोङ चिन्थाङ निवासी पञ्च प्रसाद राईको शव नजिकैको जंगलमा फेला परेको छ। उनी सोही दिन घरबाट लापत्ता भएका थिए। उनलाई खोज्ने क्रममा चिन्थाङको जंगलमा भेटाइएको हो। पुलिसले शवलाई आफ्नो अधिनस्थ लिएर पोस्टमार्टम गरेपछि मृतकका परिवारलाई सुम्पिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement