ट्रायलको पहिलो दिन ३३ जनाको चयन

IMG-20240319-WA0236.jpg

सुकना:: सेल (स्टील अथरिटी अव् इण्डिया लिमिटेड) फूटबल एकाडमी, आसनसोलको निम्ति खेलाड़ीहरूका दुईदिने सेलेक्शन ट्रायल मंगलवार सुकना हाई स्कूल मैदानमा शुरु भयो। सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको विशेष सहयोगमा भएको यस ट्रायलको पहिलो दिन लगभग २०० जना युवा खेलाड़ीहरूले हिस्सा लिए। खेलाड़ीहरूका चयन गर्न एकाडमीका अधिकारीहरूका साथमा सिलगढ़ी कोचेस एसोसिएशनका अधिकारीहरू पनि उपस्थित थिए। बिहान ७:३० बजीदेखि खेलाड़ीहरूका ट्रायल शुरु गरियो। पहिलो दिनको शुरुवाती ट्रायलपछि ३३ जनालाई अन्तिम चरणको निम्ति चयन गरियो। यी ३३ जना खेलाड़ीले बुधवार ट्रायलको अन्तिम दिन मैदानमा आफ्नो क्षमता देखाउनेछन् अनि त्यही प्रदर्शनको आधारमा सेल फूटबल एकाडमीको निम्ति खेलाड़ीहरूका चयन गरिनेछ।

यस ट्रायलमा एक जनवरी २००४-देखि ३१ दिसम्बर २००६-बीच जन्मिएका खेलाड़ीहरूले हिस्सा लिए। ट्रायलमा हिस्सा लिने गोलकीपरहरूका निम्ति उँचाई ५ फूट १० इञ्च अनिवार्य रहेको थियो। यसरी अन्य पोजिशनमा खेल्ने खेलाड़ीहरूका निम्ति उँचाई ५ फूट ७ इञ्च अनिवार्य थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *