अगरतला: राजधानी अगरतलाको जेल रोडमा रातको अँध्यारोमा पुलिसको गाडी एउटा भयानक सडक दुर्घटनामा परेको छ। दुर्घटनामा चालकसहित धेरै पुलिसहरु घाइते भएका छन्। जिप्सी कार नम्बर टीआर ०१ एफ १०१८ गएराति राजधानी अगरतलाको जेल रोडमा दुर्घटना हुँदा कारका चालक सडकको छेउमा खसेर कारमा सवार केही पुलिस घाइते भएका छन्। घटना देखेपछि स्थानीयवासीले जिप्सी गाडीका चालकसहित घाइते पुलिसलाई बाहिर निकालेर सबैलाई जिबी अस्पताल पुर्याएका थिए। घटनाको खबर पाएलगत्तै पूर्वी अगरतला थानाको प्रहरी घटनास्थलमा पुगेको थियो। दुर्घटनामा परेको पुलिसको गाडीलाई पुलिसले थानामा ल्याएको छ। जिप्सी गाडी कसरी र किन दुर्घटना भयो भन्नेबारे पनि पुलिसले अनुसन्धान गरिरहेको छ।