दार्जिलिङ: गृह तथा पहाड मामिला विभाग, पश्चिम बंगाल सरकारले एउटा नोटिफिकेसन जारी गरेर जीटीए सभामा ५ जना सभासदहरु मनोनित गरेका छन्।
जीटीए एक्टको धारा ५ अनुसार राज्यपालले ५ जना अतिरिक्त सभासदहरूलाई मनोनित गर्न सक्नेछन्। यी सभासदहरुले अल्पसंख्यक, जनजाति, अनुसूचित जाति अनि महिलालाई प्रतिनिधित्व दिनेछन्।

राज्यपालले अनुमोदन गरेका ५ जना अतिरिक्त जीटीए सभाका सभासदहरुमा चन्द्रबहादुर गुरुङ,विनिता खम्बु, प्रणाम रसाइली, नफिसुल हक र पाउल छिरिङ सिमिक आदि रहेका छन्।










