सिलगढी: लगभग ८ वर्षपछि अन्ततः आज सिलगढी एनडीपीएस कोर्टका न्यायाधीश जितेन्द्र गुप्ताले २ जना मादक तस्करलाई दोषी ठहराउँदै ११ वर्षको लागि सश्रम कारावासको सजाय सुनाएको छ। यसको साथै डेढ लाख रुपियाँ जरिमाना भर्ने निर्देश दिएको छ। स्मरण रहोस्, वर्ष ३/७/१७मा बाघडुग्रा थाना पुलिसले रानीडाङ्गा रेल गेट नजिक एउटा ट्रकबाट ६७ प्याकेट गाँजा उद्धार गरेको थियो। जसको ओजन ७ क्विन्टल थियो। यसपछि पुलिसले ट्रक चालक बलकार सिंह र खलासी सइदुल आलमलाई पक्राउ गरेको थियो। वर्ष २०१७ देखि सिलगढी महकुमा अदालतको एनडीपीएस कोर्टमा यस मामिलाको सुनवाई शुरू भयो। यस अवधि पुलिस अधिकारी निरञ्जन पालले मामिलाको चार्जशीट अदालतमा जमा गरेका थिए भने १६ जनाको गवाही पनि दर्ता गरिएको थियो। यसपछि न्यायाधीश जितेन्द्र गुप्ताले गवाही र चार्जशीटलाई हेरेपछि आज दुवैलाई दोषी ठहराउँदै ११ वर्षको सश्रम कारावासको सजाय सुनाएको छ। यसको साथै डेढ लाख रुपियाँ जरिमाना भर्ने निर्देश दिएको छ। यदि जरिमाना जमा नगरेको खण्डमा एक वर्ष अतिरिक्त कारावासको प्रावधान रहेको छ।