एसडीएफले एसकेएमको जनसभालाई लिएर चुनाउ आयोगमा गऱ्यो शिकायत

00-1-Rajya-Samachar-2

गान्तोक: एसकेएम पार्टीले भोलि, २० मार्चमा देन्ताम खेल मैदानमा आयोजना गर्न लागेको जनसभालाई लिएर विपक्षी एसडीएफ पार्टीले आपत्ति जनाएको छ। चुनावी जनसभा आयोजन गर्न देन्ताम खेल मैदान चुनाउ आयोगद्वारा अधिसूचित स्थान नरहेको भन्दै उक्त स्थानमा प्रशासनले कसरी जनसभाको अनुमति दियो भन्ने एसडीएफ पार्टीले राज्यका मुख्य चुनाव अधिकारी समक्ष प्रश्न उठाएको छ। एसडीएफ पार्टीका वरिष्ठ उपाध्यक्ष पीडी राईले राज्य चुनाउ अधिकारी डी. आनन्दलाई ई-मेल गरेर एसकेएमले देन्ताम खेल मैदानमा सार्वजनिक सभा आयोजना गर्नु आदर्श आचार संहिताको उल्लंघन रहेको बताएका छन्। चुनाउ आयोगले आदर्श आचार संहिताको उल्लंघन गर्ने यस प्रकारका कार्यलाई रोक्नुपर्ने पीडी राईले एसडीएफ पार्टीको पक्षबाट मुख्य चुनाउ अधिकारी समक्ष माग गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *