पाकिम जिल्लामा शारिरिकरूपमा असक्षम व्यक्तिहरूलाई लिएर विशेष शिविर आयोजित

IMG-20240319-WA0241.jpg

गान्तोक: महिला एवम वाल विकास विभाग, भारतीय चुनाउ आयोग र स्वास्थ्य विभागको संयुक्त पहलमा आज पाकिम जिल्लाको प्राथमिक स्वास्थ्य केन्द्रमा शारिरिकरूपमा असक्षम व्यक्तिहरूलाई लिएर एक दिवसीय शिविर आयोजना गरियो। पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलको निर्देशमा आयोजना गरिएको यस शिविरको निरीक्षण सिङताम अस्पतालका मेडिकल टोलीले गरेको थियो। विशेष गरेर शारिरिकरूपमा असक्षम भएका व्यक्तिहरूलाई सेवा पुऱ्याउने उद्देश्यले यस शिविरको आयोजना गरिएको हो।

उक्त शिविरमा महिला एवम वाल विकासका टोली, बोर्ड अफ् डाक्टर्स लगायत इएनटी चिकित्सक कर्मा भोटिया, अर्थोपेडिक डा. कुञ्जाङ भोटिया लगायत अन्य चिकित्सकहरू पनि सामेल रहेका थिए। यसरी नै कार्यक्रममा शारिरिकरूपमा असक्षम व्यक्तिहरूलाई प्रमाण पत्र पनि प्रदान गरियो।

कार्यक्रमलाई सम्बोधन गर्दै महिला एवम वाल विकास विभागकी उपनिर्देशक डिकी लेप्चाले यस शिविर आयोजना गरिनुको मुख्य उद्देश्य शारिरिकरूपमा असक्षम व्यक्तिहरूको निम्ति सेवा घर घरमा पुऱ्याउनु रहेको बताइन्। यस प्रकारको शिविर आगामी दिनमा पनि यस जिल्लामा आयोजना गरिने उनले जानकारी गराएकी छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *