गान्तोक: नेश्नल बुक ट्रस्ट, जिल्ला प्रशासन केन्द्र र २४ आवर्स इन्सपायर्डको संयुक्त पहलमा आज राजधानीस्थित एमजी मार्गमा पुस्तक मेला-२०२४ आयोजना गरियो। यस अवसरमा विद्यार्थी साथै आम मानिसहरूसँग पेनल डिस्कसन पनि आयोजना गरिएको थियो। यस अवसरमा जिल्लापाल तुषार निखारे, सह –जिल्लापाल अभिजित पाटिल लगायत विभिन्न विद्यालयका शिक्षकवर्ग पेनालिस्टमा रहेका थिए। तीन दिवसीय यस पुस्तक मेला आयोजना गरिनुको मुख्य उद्देश्य विद्यार्थी साथै नयाँ पीढिलाई पुस्तक पढने वानी बसाउनु रहेको थियो। शहरी क्षेत्र गान्तोकमा किन कम मतदान भइरहेको छ’ भन्ने विषयमा प्यानलमा चर्चा परिचर्चा गरियो। प्यानलका सदस्यहरूले मतदानको महत्वबारे संक्षिप्तमा चर्चा गर्दै सबैलाई मतदान गर्ने अधिकार रहेको कुरामा एकतापूर्वक सहमति जनाए। उनीहरुले आफ्नो प्रजातान्त्रिक अधिकारको प्रयोगका लागि घरबाट बाहिर निस्किएर भोट हाल्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

प्यानलका सदस्यहरूले मतदानले समाजको विकास, न्याय र समानता सुनिश्चित गर्न कसरी योगदान पुर्याउन सक्छ भन्नेबारे जानकारी दिए।