मंगन जिल्लाका जिल्लापालले गरे राजानीतिक दलका प्रतिनिधिहरूसँग बैठक

IMG-20240319-WA0240.jpg

गान्तोक: आगामी १९ अप्रेलको दिन सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउलाई ध्यानमा राख्दै मंगन जिल्लाका जिल्लापाल हेम कुमार छेत्रीले मंगन जिल्लाका राजनीतिक दलका प्रतिनिधिहरूलाई लिएर बैठक आयोजना गरे। मंगन जिल्लाको जिल्ला प्रशासन केन्द्रमा आयोजना गरिएको यस बैठकमा आगामी दिनमा सम्पन्न हुने चुनाउको निम्ति जारी गरिएको आदर्श आचार संहिताको आधिकारिक र अनिवार्यरूपमा कार्यान्वयन गरिनु पर्ने विषयबारे बैठकमा जानकारी गराइयो।

बैठकलाई सम्बोधन गर्दै जिल्लापाल छेत्रीले उम्मेदवारको मनोनयन पत्र, मतगणना प्रक्रिया, हुलाक मतपत्र, सामाजिक र प्रिन्ट मिडियाको आचारसंहिता र अभियान सम्बन्धी चुनावी प्रक्रियाका कुन-कुन कुराहरू प्रकाशित गर्ने र नगर्ने माथि प्रकाश पारे। उनले जिल्लाका लागि कति मतदान केन्द्र, सेक्टर म्याजिस्ट्रेट र सभाको निम्ति तोकिएको स्थानबारेमा पनि जानकारी गराए। उनले तटस्थ वातावरण सिर्जना गर्न सबैलाई सहयोग गर्न आग्रह गर्दै आचार संहितालाई कडाईका साथ पालना गर्न आग्रह गरे।

सोही प्रकारले मंगन जिल्लाका पुलिस अधीक्षक सोनाम देट्छु भोटियाले आचार संहिता उल्लंघन गरिएको खण्डमा गरिने कारवाहीबारे अवगत गराए। उनले ऱ्याली, सभा, स्थल, सवारी साधन र पीए प्रणाली सम्बन्धी अनुमति लिनुपर्ने प्रक्रियाबारे उल्लेख गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement