एनसीए-बाट अनुमति पाए केएल राहुलले

IMG-20240319-WA0219.jpg

नयाँ दिल्ली: लखनऊ सुपर जाइण्ट्सका कप्तान केएल राहुलले राष्ट्रिय क्रिकेट एकाडमी (एनसीए)-बाट इण्डियन प्रीमियर लीग (आईपीएल)-मा खेल्ने अनुमति पाएका छन् तर उनलाई शुरुवातमा अधिक कार्यभार नलिने परामर्श दिइएको छ। राहुललाई ईंग्ल्याण्ड विरुद्ध हैदराबादमा खेलिएको पहिलो टेस्ट म्याचको अवधि चोट लागेको थियो। उनी तेस्रो टेस्ट म्याचको निम्ति टीममा सामेल हुने सम्भावना थियो तर मांसपेशीको चोट बल्झिँदा उनले सीरीजका रहल म्याचहरू खेल्न सकेनन्। राहुलले एनसीए-मा ब्याटिंग, विकेटकीपिंगसँग सम्बन्धित ड्रिल र आउटफील्डमा फील्डिंग अभ्यास गरेको एउटा भीडियो पोस्ट गरेका छन्। बीसीसीआईका एकजना शीर्ष अधिकारीले भने, राहुललाई एनसीए-ले खेल्ने अनुमति दिएको छ अनि उनी बिहीवार (२० मार्च) लखनऊको टीममा सामेल हुनेछन्। आईपीएलमा लखनऊ सुपर जाइण्ट्सको पहिलो म्याच २४ मार्चमा राजस्थान रोयल्स विरुद्ध रहेको छ। उनलाई शुरुवातमा विकेटकीपिंग नगर्ने परामर्श दिइएको छ कारण टीममा पहिलादेखि नै दक्षिण अफ्रिकाका क्विण्टन डी कक र वेष्ट इण्डिजका निकोलस पूरनको रूपमा दुईजना असल विकेटकीपर रहेका छन्। पूरनले यस साल टीममा उपकप्तानको भूमिका पनि निर्वाह गर्नेछन्। यसबीच राहुलको निम्ति आईपीएलमा विकेटकीपर-ब्याटरको रूपमा खेल्नु पनि जरूरी छ कारण यसैको दममा उनले यस साल जूनमा अमेरिका र वेष्ट इण्डिजमा हुने टी२० वर्ल्ड कपको निम्ति भारतीय टीममा स्थान बनाउने दावेदारी पेश गर्न सक्नेछन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *