गाजाको अल-सिफा अस्पतालमा छापा मार्दा एक इजरायली सैनिकको मृत्यु

isrel-copy-1

गाजा: इजरायली सेनाले गाजा शहरको अल-शिफा अस्पतालमा आक्रमण गर्दा आफ्ना एक सैनिकको मृत्यु भएको जनाएको छ। सिन्ह्वा समाचार एजेन्सीले इजरायली पब्लिक रेडियोलाई उद्धृत गर्दै उक्त सैनिक हनहल ब्रिगेडका सार्जेन्ट रहेको बताएको छ। उनको मृत्युले गत वर्ष द्वन्द्व शुरु भएदेखि हालसम्म ५९३ इजरायली सैनिक मारिएका छन्। यसअघि सोमबार, हमासको सशस्त्र शाखा, अल-कसाम ब्रिगेडले भने कि यो अल-शिफा परिसर नजिकै घुसपैठ गर्ने शत्रु (इजरायली) सेनाहरूसँग भीषण भिडन्तमा संलग्न भएको थियो। अल-कसाम ब्रिगेडले एक प्रेस विज्ञप्तिमा धेरै सैन्य गाडीहरूलाई निशाना बनाएको बताएको छ। इजरायल डिफेन्स फोर्सका प्रवक्ता ड्यानियल हगारीले भने कि आईडीएफ सैनिकहरूले गुप्तचरको आधारमा अल-शिफा अस्पतालमा अपरेशन गरिरहेका थिए। प्यालेस्टिनी र इजरायली स्रोतहरूका अनुसार छापा मार्दा धेरै प्यालेस्टाइनीहरू मारिए र घाइते भए र ८० जनालाई पक्राउ गरियो। मारिनेमा हमासको आन्तरिक सुरक्षा अपरेसन निर्देशनालयका प्रमुख फैक अल माबोह पनि थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *