सिलगढी शहर धुवाँले ढाक्ने गरेकोले शहरवासी समस्यामा

8d34b787-8f66-4e7c-9232-97ae1bf120d1-1024x576.jpg

सिलगढी: रात पर्न साथ सिलगढी शहर धुवाँले ढाक्न थालेकोले गर्दा गत केही दिनदेखि शहरवासीलाई श्वास लिनमा असुविधा तथा आँखा पोल्ने जस्ता समस्यासित जुझिरहेका छन्। उक्त धुवाँ कहाँबाट आएको हो? यसको समाधान गर्नको लागि मेयर गौतम देवले आज सिलगढी नगरनिगममा एउटा महत्वपूर्ण बैठकमा विभिन्न राजनैतिक पार्टीका सदस्य, वन विभागका अधिकारी तथा बिल्डर्स उपस्थित थिए। बैठकपछि मेयरले भने, वन क्षेत्रमा सुक्खा पातहरूमा आगो लाग्ने गरेकोले गर्दा सहरमा धुवाँ फैलिएको हो। तथापि, आगो लाग्ने घटनाको जाँच गरिनेछ। सुरक्षाको दृष्टिकोणले तथा आगोलाई चाँडै नियन्त्रणमा ल्याउनको लागि बुधबार फेरि पुलिस कमिश्नर र दमकल विभागसित एउटा बैठक गर्ने तिनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement