दार्जीलिङमा क्रामाकपा केन्द्रीय कमिटीको सभा सम्पन्न

IMG-20240319-WA0198.jpg

महासचिव नर्बु लामाको अगुवाइमा ९ सदस्यीय चुनाव कमिटी गठन

दार्जीलिङ: आज क्रामाकपा केन्द्रीय कमिटीको सभा पार्टी केन्द्रीय अध्यक्ष कम जेबी राईको अध्यक्षतामा सम्पन्न भयो। पार्टीको वरिष्ठ नेता परामर्श समितिका अध्यक्ष आरबी राईको विशेष उपस्थिति साथै सम्पूर्ण केन्द्रीय सदस्यहरूको उपस्थितिमा सभा सम्पन्न गरियो।
आजको यस सभामा आगामी लोकसभा चुनावमा क्रामाकपा पार्टीको अडान के कस्तो हुन्छ भन्नेबारे विस्तारित रुपमा चर्चा गरियो। उक्त सभामा गत २०१९ को लोकसभा चुनावमा पार्टीले अलग अलग गोर्खाल्याण्डको निम्ति केन्द्र सरकारले स्थायी राजनीतिक समाधान गरेको वाचा अनुरुप आफ्नो संकल्प पत्रमा उल्लेखित गरेको हुँदा सरकारको अवधिभरि अहिलेसम्म अलग राज्य गोर्खाल्याण्डको निम्ति के कति काम गरियो भन्ने विषयमा पनि पार्टीले गहन समीक्षा गरेको छ। भाजपालाई गोर्खाहरूले लगातार १५ वर्षदेखि सहयोग गर्दै आए तापनि गोर्खाहरूको दीर्घकालीन मागमाथि फैसला नहुनु दुर्भाग्य हो भन्ने कुरा पनि सभामा छलफल गरिएको जानकारी प्राप्त भएको छ। वर्तमान समयमा पहाडमा जुन प्रकारले पश्चिम बंगाल सरकारको चरम दमन उत्पीडन र षडयन्त्र देखिरहेका छौं। यस विषयमा पनि चर्चा गरियो। यसको साथै हाम्रा यहाँका प्रमुख विपक्षी उम्मेदवारको उम्मेदवारिता लगायत लोकसभा चुनावमा हामीले के कस्तो भूमिका निर्वाह गर्नुपर्ने भन्ने बारेमा पनि विस्तारित रुपमा चर्चा गरिएपछि आगामी दिनमा क्रामाकपाको के कस्तो भूमिका लिनुपर्ने भन्ने अडान स्पष्ट गर्दै आगामी लोकसभाको चुनावमा पार्टीले आफ्नो उम्मेदवारिता खडा नगर्ने साथै आउने दिनमा तृणमूल कांग्रेस प्रार्थी जसले आफ्नो उम्मेदवारिता लिनु लगत्तै मेरो कुनै मुद्दा छैन शान्ति र विकास भए मुद्दा आफै हराएर जानेछ भन्ने वक्तव्य दिएर गोर्खा भावना र जनाकांक्षा विरूद्ध जुन बयान जारी गरेका छन् जसले अलग राज्यको आकांक्षामा लामो समयदेखि संघर्ष गरिरहेका अनि शहिदहरूको बलिदानलाई तिरस्कार गरिएको महसुस गर्दै तृणमूल कांग्रेस प्रार्थीलाई यो चुनावमा कुनै पनि अवस्थामा परास्त गर्नुपर्ने बारेमा पनि आजको सभामा गहन चर्चा गरियो। क्रामाकपाको गठबन्धनमा रहेको प्रमुख दल जसले आजसम्म कुनै उम्मेदवार पनि चयन गर्न नसकिरहेको स्थितिमा साथै यस चुनावको बीचमा पार्टीले अलग राज्य आकांक्षित दलहरूसँग चर्चा गरेर लोकसभाको चुनावबारे एउटा सामूहिक निर्णय बनाउनको निम्ति कम नर्बु लामा महासचिव क्रामाकपा केन्द्रीय कमिटीको अगुवाइमा ९ सदस्य एउटा चुनाव कमिटी गठन गरिएको छ। उक्त कमिटीले सम्पूर्ण विकल्पहरू माथि चर्चा गरिने अनि आगामी चुनावमा हाम्रो कस्तो कसलाई हामीले साझा उम्मेदवार उठाउनुपर्ने भन्ने बारे पहाडका गोर्खाल्याण्ड पन्थी दलहरूसित चर्चा गरेर निर्णय गर्ने आजको सभाले प्रस्ताव ग्रहण गरेको छ।
अब चाढ़ै सबैसँग परामर्श गरेर एउटा सामूहिक अनि अलग राज्य गोर्खाल्याण्डको निम्ति एउटा इमान्दार रुपमा काम गर्ने उम्मेदवारको बारेमा अथवा यो चुनावमा खडा गरिएको प्रार्थीलाई कसरी जिताउन सकिन्छ भन्ने कौशल तयार गर्न सबैसित परामर्श गरिनेछ भन्ने प्रस्ताव आजको सभाले ग्रहण गरेको छ जानकारी प्राप्त भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *